काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार दिउँसो २ बजे बस्ने बैठकमा लामिछानेले सम्बोधन गर्ने कार्यतालिका तय गरिएको हो।
यद्यपि रास्वपाको संसदीय दलको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गरिरहेका छन्, तर बैठकको पहिलो दिन पार्टीको तर्फबाट सभापति लामिछानेले नै धारणा राख्ने निर्णय गरिएको छ।
संसद सचिवालयले तयार पारेको कार्यसूचीअनुसार आजको बैठकमा सबै दलका शीर्ष नेताहरूले आफ्नो-आफ्नो धारणा प्रस्तुत गर्नेछन्।
हाल रास्वपा प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका रूपमा रहेको छ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया