काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घ घटेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७८० रुपैयाँ कायम भएको छ । हिजो चार हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया