काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यसअघिका सरकारबाट राजनीतिक नियुक्ति लिएका व्यक्तिहरूलाई स्वेच्छाले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै लामिछानेले भने, “नियुक्ति लिएकाले स्वैच्छिक रूपले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुहोस् भन्ने आग्रह गर्दछु ।”

रवि लामिछानेको यो आग्रहले नयाँ सरकारले पुराना राजनीतिक नियुक्तिहरूमा सफाई गर्ने तयारी गरेको संकेत गरेको छ । उनले नियुक्तिप्राप्त व्यक्तिहरूलाई आफैं राजीनामा दिएर नयाँ नेतृत्वलाई सहज बनाउन आह्वान गरेका हुन् ।

यो भनाइसँगै रास्वपा नेतृत्वको सरकारले विगतका राजनीतिक नियुक्तिहरूलाई पुनरावलोकन गर्ने र आवश्यक परे स्वेच्छिक राजीनामाको माध्यमबाट परिवर्तन गर्ने नीति लिने देखिएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com