काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रतिनिधि सभाको पहिलो बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्।
उनी संसदमा सम्बोधन गर्दै भन्छन्, ‘म व्यक्तिगत भावनाको कथा राख्न चाहन्नँ, हामी के गर्दैछौं र भोलि के गर्नुपर्छ भन्ने जनताको माग यहाँ प्रस्तुत गर्न चाहन्छु।’
साम्पाङले एमसीसी सम्झौताबारे थपे, ‘देशको स्वतन्त्रता र असंलग्न परराष्ट्र नीतिलाई सुरक्षित राख्न, सैन्य रणनीति उद्देश्यले थालिएको असमान र राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी तत्काल खारेज गर्नुपर्छ।’
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया