काठमाडौं। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ गते रास्वपाको अघोषित नेतृत्वमा अवैधानिक ढंगले ‘रङ्ग क्रान्ति’ सम्पन्न भएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै बादलले फागुन २१ गतेको निर्वाचनमार्फत सोही ‘निलो क्रान्ति’ ले वैधानिकता पाएको दाबी गरे । उनले भने, “फागुन २१ गते निर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो ।”
बादलले फागुन १३ गते धार्मिक अनुष्ठानका बीच रास्वपा नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको शपथ गराइएको उल्लेख गर्दै यो ऐतिहासिक विजयका लागि रास्वपा र प्रधानमन्त्री शाहलाई नेकपा एमालेको तर्फबाट बधाई दिए ।
उनले उक्त विजयमा नेपाली सेना र बारबरा फाउन्डेसन लगायतका संस्थाहरूको निर्णायक भूमिका रहेको बताउँदै धन्यवाद दिए । साथै, बाह्य रूपमा टीओवी र एआई लगायतले संविधान र शान्तिका नायकलाई हत्यारा करार गरेको तथा खलपात्रलाई महानायक बनाएको टिप्पणी गरे ।
रामबहादुर थापा बादलको यो भनाइले भदौ २३ र २४ गतेका घटनालाई रास्वपासँग जोडेर हेर्ने एमालेको दृष्टिकोण स्पष्ट पारेको छ । उनले नयाँ सरकार र प्रधानमन्त्रीलाई बधाई दिँदै पनि उक्त क्रान्तिलाई ‘अवैधानिक’ भनेर व्याख्या गरेका छन् ।
यो सम्बोधनले संसद्मा भदौका घटनाको व्याख्या र व्याख्याको भिन्नता अझै कायम रहेको देखाएको छ ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया