काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ, जससँगै आजदेखि पेट्रोलको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। निगमले बिहीबार पेट्रोल तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको थियो।

निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार नयाँ मूल्य आज बिहान १२ बजेदेखि लागू भएको हो। अद्यावधिक मूल्यसूची अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १७२ रुपैयाँ कायम गरिएको छ।

advertisement

निगमका अनुसार मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ। यसैका कारण निगमले पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नु परेको जनाएको छ।

यद्यपि पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरिए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ। प्रतिसिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा हुँदाहुँदै पनि उपभोक्तालाई केही राहत दिन ग्यासको मूल्य नबढाइएको निगमले स्पष्ट पारेको छ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com