काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले दिएको अभिव्यक्तिपछि एमालेले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको हो ।
उपाध्यक्ष विष्णु पौडेल ले थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यस विषयमा सचिवालय बैठकमा छलफल गरिने बताएका थिए । उपाध्यक्ष गोकर्ण विष्ट का अनुसार बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्नेछ ।
एमाले नेताहरूका अनुसार बादलको अभिव्यक्तिबारे पार्टीभित्र पूर्व छलफल भएको थिएन । आजको बैठकमा उक्त अभिव्यक्ति तथा त्यससँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे विस्तृत छलफल गरिनेछ ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया