काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१, सुन्दरीजलबाट बिहीबार चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति सर्लाहीको चक्रघट्टा गाउँपालिका–५ का स्थायी बासिन्दा र हाल काठमाडौँ सुन्दरीजल बसोबास गर्ने २७ वर्षीय सुजित कुमार सहनी हुन्।

उक्त मोटरसाइकल (वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२ प २५६७) नम्बर प्लेट नलगाई चलाइरहेको अवस्थामा सुन्दरीजल सडकखण्डमा ट्राफिक प्रहरीले फेला पारी सहनीलाई नियन्त्रणमा लिएको हो। मोटरसाइकल काठमाडौँ महानगरपालिका–६ बस्ने राजु लामाले जोरपाटीबाट हराएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए।

advertisement

मोटरसाइकलसहित पक्राउ परेका सहनीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।

उक्त घटनासँगै प्रहरी उपरीक्षक सुवेदीले सवारीसाधन सुरक्षित राख्न विशेष सतर्कता अपनाउन सुझाव दिनुभयो। उनले पार्किङ गर्दा ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक र सुरक्षा साइरन जडान गर्ने साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न पनि आग्रह गर्नुभयो।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com