काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेस पौडेलको कार्यकक्षमा मोबाइल फोन लिएर प्रवेश गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिनुहुंदा, केही व्यक्तिहरूले उनीसँग खिचिएका तस्वीरहरू गलत तरिकाले प्रयोग गरी शक्तिको दुरुपयोग गर्ने प्रयास गरेपछि यस्तो निर्णय लिनुपरेको उल्लेख गरिएको छ।

advertisement

मन्त्रीले स्टाटसमा लेखेका छन्, ‘मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन आजको मितिदेखि कार्यकक्षभित्र मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण लैजान पूर्ण रूपमा निषेध गरिएको जानकारी गराउँछु।’

उनका अनुसार, मन्त्रालय वा अन्य भेटघाटका क्रममा खिचिएका सौहार्दपूर्ण तस्वीरहरू प्रयोग गरी केही व्यक्तिहरूले अनधिकृत लाभ लिने प्रयास गरेको सूचना प्राप्त भएको छ।

पौडेलले थप भनेका छन्, ‘मसँगको विशेष सम्बन्धको दाबी गर्दै विभिन्न सर्वसाधारण र सरकारी निकायबाट अनधिकृत लाभ लिन खोजिएको विषयले मेरो र सचिवालय टिमको गम्भीर ध्यानाकर्षण गरेको छ।’

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com