काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञका रूपमा खोज पत्रकार, लेखक तथा प्राध्यापक दिपा दाहाल नियुक्त भएकी छन्।
प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ अनुसार शुक्रबार दाहाललाई उक्त जिम्मेवारी दिइएको हो। नियुक्तिसँगै उनले आफ्नो कार्यभार सम्हालिसकेकी छन्।
दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले अब प्रधानमन्त्री शाहको सञ्चार रणनीति निर्माण, मिडिया समन्वय तथा अनुसन्धान सम्बन्धी काममा भूमिका निर्वाह गर्नेछिन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्यमकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी दाहाल सञ्चार सीप र ‘अथेन्टिक लिडरसिप’ सम्बन्धी प्रशिक्षणसमेत दिँदै आएकी छन्।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार










प्रतिक्रिया