काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपाली सेना, निजामती प्रशासन तथा अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो सम्बन्ध पूर्ववत् रूपमा कायम रहेको र मित्रवत् ढंगले अघि बढिरहेको जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रतिनिधि सभामा संसदीय दलका नेताले व्यक्त गरेको अभिव्यक्तिबारे विस्तृत छलफल गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो।

advertisement

बैठकपछि उपमहासचिव लेखराज भट्ट ले उक्त विषयमा गम्भीर समीक्षा गरिएको र त्यस सन्दर्भमा पार्टीको आधिकारिक धारणा स्पष्ट पारिएको जानकारी दिए।

हालै प्रतिनिधि सभामा गरिएको सम्बोधनका क्रममा व्यक्त केही भनाइहरूलाई लिएर पार्टीभित्रै विभिन्न प्रतिक्रिया आएका थिए। ती विषयहरूमा बैठकले समग्र रूपमा समीक्षा गरेको जनाएको छ।

बैठकले संविधान र प्रचलित कानुनअनुसार सञ्चालित सुरक्षा निकाय, प्रशासनिक संयन्त्र तथा अन्तर्राष्ट्रिय समुदायसँग पार्टीको सम्बन्ध सकारात्मक रहेको पुनः दोहोर्‍याउँदै आगामी दिनमा यसलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com