काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीले दाबी प्रस्तुत गरेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले आफ्नो दलबाट महिला उम्मेदवार उठाउने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “सभामुख निर्विरोध चयन भएकोमा बधाई दिइसकेका छौँ। अब उपसभामुख चयनका लागि निर्वाचन हुँदैछ र हामी महिला उम्मेदवार अघि सार्दैछौँ।”
साम्पाङले नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दलका उम्मेदवारलाई समर्थन गर्ने विश्वास पनि व्यक्त गरेका छन्। उनले लेखेका छन्, “हेरौँ, नयाँले नयाँलाई मत दिन्छ कि फेरि उही पुरानालाई! ७ मत आउँछ कि १८९?”
प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार












प्रतिक्रिया