काठमाडौँ । कलाकार सागर लम्साल पक्राउ परेका छन्। उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले दिए।

उनीमाथि अमेरिकामा बस्दै आएकी एक युवतीले बलात्कार गरेको आरोप लगाएकी थिइन्। ती युवतीका अनुसार, लम्सालले करिब एक वर्ष अघि अमेरिकामा उनलाई बलात्कार गरेका थिए। यस घटनापछि लम्सालमाथि अनुसन्धान गर्न व्यापक दबाब परेको थियो।

advertisement

घटनाबारे स्पष्ट पार्दै ती युवतीले भनिन्, “कुराकानी चल्दा सागर लम्सालले ‘तिमी बसेको ठाउँ हेरौँ न त’ भन्नुभयो। म १० वर्षभन्दा बढी समयदेखि चिन्ने, दाइजस्तो मान्ने मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्टमा लगेँ। अपार्टमेन्टमा कुरा गर्दा मैले आफ्नो स्वास्थ्यसम्बन्धी संघर्ष सबै साझा गरेँ, रोएँ र बताइँ—कति गाह्रो भइरहेको छ भनेर। मलाई थाहा थिएन, जसलाई म दाइ मान्थेँ र हाम्रो परिवारले आफ्नै जस्तो ठान्थ्यो, त्यो व्यक्ति वास्तवमा राक्षस रहेछ। म बलात्कृत भएँ।”

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com