काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू कुनै पनि गुट वा समूहसँग आबद्ध नभएको स्पष्ट पारेका छन्।

शनिबार काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा आफूलाई विभिन्न पक्षसँग जोडेर गरिएको प्रचारप्रति असन्तुष्टि व्यक्त गरे।

advertisement

उनले आफ्नो प्रमुख उद्देश्य नेपाली कांग्रेसलाई एकताबद्ध बनाउनु रहेको उल्लेख गर्दै त्यसका लागि अन्तिमसम्म प्रयास जारी राख्ने प्रतिबद्धता जनाए। आगामी निर्वाचनमा कांग्रेसलाई देशको पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने आफ्नो चाहना रहेको पनि उनले बताए।

त्यस अवसरमा उनले बीपी कोइरालाको नाममा स्थापना गरिएको उक्त अस्पताललाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न अवकाशप्राप्त चिकित्सकहरूको अनुभव र योगदान महत्वपूर्ण हुन सक्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com