पोखरा । लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्।

बेँसीसहरबाट उस्ता तर्फ जाँदै गरेको ग १ ख ६४७० नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ।

advertisement

दुर्घटनापछि उद्धार गरी सबै १४ जनालाई अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा दुई जनाको मृत्यु भएको पुष्टि भएको हो।

अन्य १२ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com