पोखरा । लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्।
बेँसीसहरबाट उस्ता तर्फ जाँदै गरेको ग १ ख ६४७० नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ।
दुर्घटनापछि उद्धार गरी सबै १४ जनालाई अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा दुई जनाको मृत्यु भएको पुष्टि भएको हो।
अन्य १२ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार













प्रतिक्रिया