काठमाडौं। पश्चिम एसियाको द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा भएको आक्रमणमा परी घाइते भएका सात जना नेपाली नागरिक सबै खतरामुक्त रहेका छन् ।

त्यहाँस्थित नेपाली दूतावासले जनाएअनुसार घाइते सबै नेपालीको अवस्था सामान्य रहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दिएको जानकारी अनुसार घाइतेमध्येका चार जनालाई दूतावासका अधिकारीहरूले आजै भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बाँकी तीन जनासँग पनि छिट्टै भेट गरी आवश्यक सहयोगको समन्वय गरिने बताइएको छ ।

advertisement

प्रवक्ता क्षेत्रीका अनुसार छ जना घाइते सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । गम्भीर चोट लागेका एक जनाको भने उपचार जारी छ । उनले टेलिफोनमा आफू छिट्टै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई आवश्यक समन्वय गर्न निर्देशन दिएको थियो । युएईका सम्बन्धित निकायले घाइते नेपालीहरूलाई समयमै उचित उपचारको व्यवस्था मिलाएका थिए ।

दूतावासले घाइते नेपालीहरूलाई आवश्यक पर्ने कुनै पनि सहयोग उपलब्ध गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ ।

यो घटनामा घाइते भएका सबै नेपालीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र कुनै पनि खतरा नरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com