काठमाडौं । मानव अधिकार रक्षकहरुले राज्यलाई कानुन र नीतिनिर्माण गर्न, बजेटको व्यवस्था गर्न, स्पष्ट संरचना र समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न पहल गर्न माग गरेका छन्।

दलित महिला सङ्घ (फेडो) र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज यहाँ आयोजित कार्यक्रममा समाजमा विभेदका घटनाहरु रहेसम्म मानवअधिकार हननका घटना हुने बताए।

advertisement

सो अवसरमा इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले समाजमा विभेदका घटना कायम रहेकाले मानव अधिकार रक्षकहरुको भूमिकालाई थप सशक्त बनाउनुपर्ने बताएका छन्।

फेडोका कार्यक्रम संयोजक नरबहादुर आउजीले असमानता र विभेद बढी भए समृद्धि र विकासको गति कमजोर हुने बताए। कार्यक्रममा कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालका संयोजक देवी बास्कोटाले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए।

फेडो मोरङका अध्यक्ष शर्मिला परियारले स्वागत गर्नुभएको कार्यक्रममा सञ्जालका पदाधिकारी सदस्यहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com