काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा दायर मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ। उक्त मुद्दा आजको सूचीमा १२औँ नम्बरमा परेको छ।

यसअघि चैत १ गते पनि पेसी तोकिएको भए पनि समय अभावका कारण सुनुवाइ हुन नसकी सरेको थियो। सो दिन रिट निवेदक पूर्ण बहादुर खड्का स्वयं बहसका लागि अदालत पुगेका थिए।

advertisement

आजको सुनुवाइमा दुवै पक्षका कांग्रेस नेताहरू अदालतमा उपस्थित हुने तयारीमा छन्। उपसभापति विश्वप्रकाश शर्मा बहसमा सहभागी हुन सर्वोच्च अदालत जाने कार्यक्रम रहेको छ।

विशेष महाधिवेशनमार्फत गगन थापा सभापतिमा निर्वाचित भएपछि र निर्वाचन आयोगले त्यसलाई आधिकारिकता प्रदान गरेपछि असन्तुष्ट पक्षका नेता खड्काले उक्त निर्णयविरुद्ध रिट दायर गरेका थिए। उनले सभापति थापा, उपसभापति शर्मा तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा अघि बढाएका हुन्।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com