काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले डोलप्रसाद अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् ।

advertisement

अर्यालको प्रस्ताव राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले गरेका थिए । उक्त प्रस्तावको समर्थन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्यसमेत रहेका डोलप्रसाद अर्याल काठमाडौं–९ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी पार्टीको उपसभापतिको जिम्मेवारीमा पनि थिए ।

सभामुखमा निर्विरोध निर्वाचित भए सँगै अर्याल अब प्रतिनिधि सभाको सभामुखको भूमिकामा रहनेछन् ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com