काठमाडौं । डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध चयन भएको औपचारिक घोषणा गरेका हुन्।
गत शुक्रबार मनोनयन दर्ता गर्ने क्रममा सभामुख पदका लागि अर्यालको मात्र उम्मेदवारी परेको थियो। सोही आधारमा आइतबारको बैठकमार्फत उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार













प्रतिक्रिया