काठमाडौं ।  स्थानीय बजारमा आज सुनचाँदी कोे मूल्य स्थिर छ । यो प्रवृत्ति गत शुक्रबारदेखि कायम छ । सुनको मूल्य भने गत बिहीबारदेखि नै स्थिर छ ।

अघिल्लो दिनको तुलनामा गत शुक्रबार चाँदीको मोल तोलामा रु ५० ले बढेको थियो ।

advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८३० कायम भएको छ ।

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८३० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६७६ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • रासस

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com