नयाँ दिल्ली। सात वर्षको लामो अन्तरालपछि पहिलो पटक भारतले इरानबाट कच्चा तेल खरिद गरेको छ ।

पश्चिम एशियामा जारी द्वन्द्वका कारण तेल आपूर्तिमा अवरोध आएपछि भारतीय रिफाइनरीहरूले इरानी तेल पनि वैकल्पिक स्रोतको रूपमा सुनिश्चित गरेका छन् ।

advertisement

भारतीय तेल मन्त्रालयले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार सन् २०१९ मे महिनापछि पहिलोपटक इरानबाट कच्चा तेल आयात गरिएको हो ।

त्यसबेला अमेरिकाको दबाबका कारण भारतले इरानी तेल खरिद बन्द गरेको थियो ।

अहिले पश्चिम एशियामा आपूर्ति अवरुद्ध भइरहेको बेला भारतीय रिफाइनरीहरूले आफूलाई आवश्यक कच्चा तेलको व्यवस्था मिलाएका छन् ।

मन्त्रालयले स्पष्ट गरेको छ कि इरानी तेल आयातमा कुनै भुक्तानी समस्या छैन ।

भारत विश्वको तेस्रो ठूलो तेल आयातकर्ता तथा उपभोक्ता देश हो । हाल भारतले ४० भन्दा बढी देशबाट तेल आयात गर्दै आएको छ ।

कम्पनीहरूलाई व्यापारिक आधारमा विभिन्न स्रोतबाट तेल किन्न पूर्ण स्वतन्त्रता छ ।

यसैबीच भारतले इरानबाट ४४ हजार मेट्रिक टन तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) पनि खरिद गरेको छ ।

उक्त ग्यास बोकेको जहाज बुधबार मैंगलोर बन्दरगाहमा पुगेको थियो र हाल इन्धन उतार्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

अमेरिकाले गत महिना इरानी तेल तथा प्रशोधित इन्धनमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको थियो ।

भारतीय मन्त्रालयका अनुसार आगामी महिनाहरूका लागि आवश्यक कच्चा तेलको पूर्ण व्यवस्था भइसकेको छ ।

यो कदमले भारतले तेल आपूर्ति सुरक्षालाई थप मजबुत बनाउने प्रयास गरेको देखिन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com