काठमाडौं। कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको मुद्दा अझै चलाइएको छैन ।

अमेरिकामा बस्ने एक नेपाली युवतीले उनलाई बलात्कार गरेको आरोप लगाएपछि प्रहरीले बलेलाई पक्राउ गरेको थियो । तर औपचारिक जाहेरी नपरेको कारणले उनलाई बलात्कारको मुद्दा चलाउन प्रहरीलाई कठिन भएको छ ।

advertisement

अहिले बलेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ । प्रहरीले उनलाई ‘सार्वजनिक शान्तिमा खलल पुर्‍याएको’ कसूरमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी गरेको छ ।

प्रहरी स्रोतका अनुसार रीतपूर्वक जाहेरी नआएको अवस्थामा उनलाई हिरासतमा राख्नका लागि मात्र यो कसूर आकर्षित गर्न लागिएको हो । म्याद थप गरेर हिरासतमा राखेपछि जाहेरी आउने वा थप प्रमाण फेला पर्न सक्ने प्रहरीको अपेक्षा छ ।

कानुनअनुसार बलात्कारको घटना विदेशमा भए पनि पीडित र आरोपित दुवै नेपाली नागरिक भएमा नेपालको जुनसुकै जिल्लामा मुद्दा चलाउन सकिन्छ । तर अहिलेसम्म पीडित युवतीबाट औपचारिक जाहेरी नआएकाले प्रहरीले मुद्दा दर्ता गर्न सकेको छैन ।

प्रहरीले सामाजिक सञ्जालमा आएका आरोपको आधारमा मात्र बलेलाई पक्राउ गरेको थियो । जाहेरी आएपछि बलात्कार लगायतका थप अभियोगमा मुद्दा चलाउने प्रहरीको योजना रहेको छ ।

बले अहिले पनि हिरासतमा छन् र प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com