काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेयराज सुमार्गीविरुद्ध पुनः अनुसन्धान अघि बढाएको छ।

विभागका स्रोतका अनुसार, सम्पत्ति शुद्धीकरण मुद्दामा अर्का व्यवसायी दीपक भट्ट पक्राउ परेपछि सुमार्गीमाथि पनि छानबिन तीव्र बनाइएको हो। प्रारम्भमा दुवैलाई सँगै कारबाही गर्ने योजना रहेको भए पनि हाल चरणबद्ध रूपमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।

advertisement

सुमार्गीमाथि विगतमा पनि अनुसन्धान सुरु भएको थियो, तर विभिन्न कारणले प्रक्रिया रोकिएको थियो। सर्वोच्च अदालतले यसअघि नै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाउन निर्देशन दिइसकेको छ।

विभागले सुमार्गीको सम्पत्ति स्रोतबारे विस्तृत छानबिन गरिरहेको छ र अनुसन्धानका लागि टोली परिचालन गरेको छ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com