काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले आइतबार खड्काको म्याद थप गर्न प्रहरीको अनुरोध स्वीकार गर्दै थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
अदालतको यो आदेशसँगै खड्का अब अरु सात दिन प्रहरी हिरासतमा रहनेछन् ।
प्रहरीले खड्कामाथि थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार













प्रतिक्रिया