काठमाडौं । कास्की प्रहरीले पोखराको सैनिक बस्तीबाट लागुऔषध र ठुलो परिमाणमा नगदसहित एक युवतीलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाको संयुक्त टोलीले पर्वतको कुश्मा घर भई हाल पोखरा–२९ बस्दै आएकी २६ वर्षीया सिमा दर्जीलाई नियन्त्रणमा लिएको हो।
उनको साथबाट प्रहरीले डाइजापाम, फेनेरागन र बुप्रेनोर्फिनका गरी जम्मा ८ एम्पुल लागुऔषध, दुई थान मोबाइल र ४ लाख १ हजार रुपैयाँ नगद बरामद गरेको छ। कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी उनीमाथि लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
प्रहरी अनुसन्धानका क्रममा दर्जी यसअघि पनि लागुऔषध मुद्दामा दोषी ठहर भई कास्की कारागारमा सजाय काटिरहेकी कैदी रहेको खुलेको छ। तर, गत भदौ २४ गते देशमा भएको ‘जेनजी आन्दोलन’को मौका छोपेर उनी कारागारबाट फरार भएकी थिइन्।
जेलबाट भागेपछि पुनः लागुऔषध कारोबारमा सक्रिय रहेको अवस्थामा उनी नगद र लागुऔषधसहित पुनः प्रहरीको नियन्त्रणमा परेकी हुन्।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया