काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले सरकारले विदेशी ऋण लिने निर्णयको विरोध गरेका छन्। विदेशी ऋण घटाउनुपर्ने बेला थप ऋण लिनु गलत भएको भन्दै उनले उक्त निर्णय अस्वीकार्य रहेको प्रतिक्रिया दिएका हुन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ‘डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्ट’का लागि ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको थियो, जसको राईले विरोध गरेका छन्।
उनका अनुसार सरकारले विदेशी ऋण लिएर डिजिटल क्षेत्रमा लगानी गर्नु भन्दा नागरिकका आधारभूत आवश्यकतामा प्राथमिकता दिनुपर्छ। साथै, देशको दीगो विकासका लागि सबैभन्दा पहिले उत्पादन क्षेत्रमा जोड दिन आवश्यक रहेको उनले बताएका छन्।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया