,काठमाडौ । बजारलाई स्वच्छ राख्न नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ ।
आइतबार स्थलगत अनुगमनका क्रममा आवश्यक कागजात प्रस्तुत नगरेपछि विभागले ती चार वटा मार्टलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।
विभागले मेट्रो मार्केट प्रा.लि. इमाडोल, सेलवेज क्यास एण्ड क्यारी प्रा.लि. महाराजगञ्ज, मेगा मार्ट प्रा.लि. विशालनगर र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा.लि. चक्रपथलाई तीन दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको हो ।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया