काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ ।
सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले आफ्नो कारोबार तालिका परिवर्तन गरेको हो ।
नेप्से सञ्चालक समितिको बैठकले सातामा पाँच दिन शेयर कारोबार सुनिश्चित गर्न शुक्रबार बजार खोल्ने निर्णय गरेको छ । अब आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित रूपमा कारोबार हुनेछ । शनिबार भने पहिले नै बिदा रहने भएकाले बजार बन्द नै रहन्छ ।
नेप्सेले लगानीकर्ताको हित र बजारको सक्रियता कायम राख्न यो नयाँ तालिका लागू गरेको जनाएको छ ।
यसअघि सन् २०७९ मा सरकारले शनिबार र आइतबार बिदा दिँदा पनि नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको थियो । पछि आइतबारको बिदा हटेपछि पुरानै तालिकामा फर्किएको थियो ।
नयाँ व्यवस्थाअनुसार अब शेयर बजार शनिबार र आइतबार बन्द रहनेछ भने आइतबार बिदा भएकाले शुक्रबार कारोबार खुल्नेछ ।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया