काठमाडौं। काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण कार्य अगाडि बढाएको छ ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सूचना जारी गर्दै चैत ८ गतेदेखि उक्त निर्माण कार्य सुरु गरेको हो ।

advertisement

महानगरको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत यो मैदान निर्माण गर्न लागिएको छ । महानगरले भ्याटसहित २ करोड ४२ लाख ५१ हजार १३१ रुपैयाँमा न्यू बेन्जामिन सुस्मन आर. के (जे.भी.) सँग एक वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ ।

हाल टुँडिखेलमा धरहरा निर्माणका बेला राखिएको माटो हटाउने र चार कुनामा बोरिङ खन्ने काम भइरहेको छ ।

निर्माण कार्य सुरु भएसँगै सो क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू केही समयका लागि अवरुद्ध हुने महानगरपालिकाले जनाएको छ ।

महानगरले टुँडिखेललाई थप हराभरा र व्यवस्थित बनाउने लक्ष्यका साथ यो घाँसे मैदान निर्माण थालेको हो ।

 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

 

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com