बुटवल । कपिलवस्तुमा एक जनप्रतिनिधिद्वारा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि हातपात भएको घटना सार्वजनिक भएको छ।

शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरीले सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि कुटपिट गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

advertisement

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार घटनापछि उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। उनले घटनासम्बन्धी अन्य पक्षहरूको पनि विस्तृत छानबिन भइरहेको जानकारी दिए।

स्थानीयका अनुसार उपाध्यक्षका भाइले ल्याउँदै गरेको जेसीबीसम्बन्धी सामग्री शुद्धोदन गाउँपालिका–५ स्थित चेकपोस्टमा प्रहरीले रोकेको विषयलाई लिएर विवाद सुरु भएको थियो। सोही विवाद उत्कर्षमा पुग्दा उपाध्यक्ष चौधरीले ड्युटीमै रहेका सशस्त्र प्रहरीमाथि बर्दीमै हातपात गरेको आरोप छ।

घटना भएको स्थान सशस्त्र प्रहरीको नियमित जाँच चौकी (चेकपोस्ट) क्षेत्रभित्र पर्ने बताइएको छ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com