काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य मा वृद्धि आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज खोल्न इरानलाई दिएको समयसीमा सकिँदै गर्दा अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य बढेको हो।

लन्डनको आईसी एक्सचेञ्जको कोमेक्स विभागमा ब्रेन्ट क्रुडको मूल्य २.३३ प्रतिशतले बढेर प्रति ब्यारेल ११२ डलर ६३ सेन्ट पुगेको छ। त्यस्तै, न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स विभागमा वेष्ट टेक्सस इन्टरमिडियट (WTI) तेलको मूल्य ०.२ प्रतिशतले बढेर प्रति ब्यारेल ११२ डलर ७० सेन्टमा कारोबार भइरहेको छ।

advertisement

ट्रम्पले आइतबार चेतावनी दिँदै मंगलबार राति ८ बजेभित्र स्ट्रेट अफ हर्मुज सञ्चालनमा नआए इरानी ऊर्जा संयन्त्र र पुलहरू नष्ट गर्ने धम्की दिएका थिए। उनका यसपटकका चेतावनी अघिल्ला संकेतभन्दा कडा रहेको विश्लेषकहरूले बताएका छन्।

पहिले ट्रम्प स्ट्रेट नखुलाइकन पनि द्वन्द्व टार्न इच्छुक देखिएका थिए, तर इरान अझै प्रतिरोधी रहेको छ। एक इरानी मन्त्रीले युवाहरूलाई ऊर्जा संयन्त्रको सुरक्षामा मानव शृङ्खला बनाउन प्रेरित गरेको बताइएको छ।

यसैबीच, पाकिस्तानले अमेरिका र इरानबीच सम्झौता वार्ता गर्न मध्यस्थता गर्ने प्रयास गरिरहेको छ। खाडी क्षेत्रका अन्य नेताहरूसँग पनि यसबारे भेटघाट भइरहेको छ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com