काठमाडौं। इरानका राष्ट्रपति मसूद पेजेश्कियानले देशको रक्षाका लागि आफू ज्यान अर्पण गर्न तयार रहेको बताएका छन् । उनले शत्रुसँग कहिल्यै झुकेर सम्झौता नगर्ने अडानसमेत दोहोर्‍याएका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै राष्ट्रपति पेजेश्कियानले भनेका छन्, “हालसम्म १ करोड ४० लाखभन्दा बढी बहादुर इरानीहरूले देशको रक्षाका लागि आफ्नो ज्यान बलिदान गर्न तयार रहेको घोषणा गरेका छन् । मैले पनि इरानका लागि आफ्नो जीवन समर्पित गरिसकेको छु, म अझै तयार छु र यसलाई निरन्तरता दिनेछु ।”

advertisement

फेब्रुअरी २८ देखि सुरु भएको इजरायल–अमेरिका र इरानबीचको द्वन्द्वमा इजरायली हमलामा इरानका उच्चस्तरीय नेता तथा अधिकारीहरू मारिएका छन् । युद्ध सुरु भएयता इरानमा कम्तीमा २,०७६ जनाको मृत्यु भएको र २६,५०० भन्दा बढी घाइते भएको इरानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पेजेश्कियानको यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘एकै रातमा ध्वस्त पार्न सकिने’ चेतावनी दिएपछि आएको हो । इरानी पक्षले भने शत्रुसँग झुक्ने पक्षमा नरहेको स्पष्ट पारेको छ ।

मध्यपूर्वमा तनाव चरममा पुगेको बेला राष्ट्रपति पेजेश्कियानको बलिदान र प्रतिरोधको अडानले इरानभित्र राष्ट्रिय एकता झल्काएको छ ।

 

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com