काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने सरकारी कार्यदलमा आफ्नो प्रतिनिधि पठाएको छ। रास्वपाले कपिलवस्तु–१ बाट निर्वाचित सांसद तथा अधिवक्ता मोहनलाल आचार्यलाई उक्त कार्यदलका लागि चयन गरेको हो।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा सरकारले गठन गरेको कार्यदलमा सहभागी हुन रास्वपाले आचार्यलाई जिम्मेवारी दिएको हो।
संवैधानिक कानुन, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनका क्षेत्रमा राम्रो ज्ञान र अनुभव भएका आचार्य पेशाले अधिवक्ता हुन्। उनी लामो समयदेखि संवैधानिक तथा कानुनी विषयमा अध्ययन, अनुसन्धान र विश्लेषणमा सक्रिय रहँदै आएका छन्।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया