काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले करोडौँ रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
प्रहरी जवानको अन्तरवार्ता तथा लिखित परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाई सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा दैलेख, भगवतिमाई गाउँपालिका–७ का पवन विकलाई पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार, जैसरा थापाको जाहेरीका आधारमा प्रहरीले पवनलाई मंगलबार पक्राउ गरेको हो । पवन ठगी मुद्दामा संलग्न रहेको जाहेरी परेपछि फरार रहेका थिए ।
मंगलबार दिउँसो वीरेन्द्रनगर नगरपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपरेका विकलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमाम राखिएको छ ।
उनी हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा बस्दै आएका थिए ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया