काठमाडौं । अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम भएको छ।
मेहर न्युज एजेन्सीका अनुसार इरानको सर्वोच्च सुरक्षा परिषद्ले अमेरिकासँग दुई साताको युद्धविराम भएको पुष्टि गरेको हो। पाकिस्तानको मध्यस्थतामा दुवै देश युद्धविराममा सहमत भएका हुन्।
जारी विज्ञप्तिअनुसार इरानका सर्वोच्च नेता मोजतबा खामेनेईको अनुमतिपछि युद्धविराम लागू गरिएको हो। इरानले यसलाई आफ्नो जीतका रूपमा व्याख्या गरेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै देशलाई पूर्ण रूपमा ध्वस्त पार्ने धम्की दिएका थिए।
युद्धविरामपछि ट्रम्पले इरानमाथि दुई साताका लागि सैन्य आक्रमण रोकिएको घोषणा गरेका छन्। उनले ‘ट्रुथ सोसल’ मार्फत पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनिरको आग्रहपछि यस्तो निर्णय लिएको बताएका छन्।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया