काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज करिब २० देशका राजदूतहरूसँग एकैपटक सामूहिक भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज मध्याह्न १२ बजे सिंहदरबारमा नेपालमा कार्यरत विभिन्न देशका करिब २० जना राजदूतसँग भेटघाट गर्ने कार्यसूची तय गरिएको छ।
यसअघि प्रधानमन्त्रीहरूले राजदूतहरूसँग छुट्टाछुट्टै भेट गर्ने परम्परा रहेकोमा शाहले पहिलोपटक सामूहिक भेटको नयाँ अभ्यास सुरु गर्न लागेका हुन्। नेपालस्थित विभिन्न देशका राजदूतहरूसँग यसरी एकैसाथ भेटवार्ता गर्नु विशेष महत्वका रूपमा हेरिएको छ।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया