काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेर तोलामा दुई लाख ९९ हजार रुपैयाँ कायम भएको छ । हिजो दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चार हजार ८२० रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया