काठमाडौं । सुशासन, पारदर्शिता र नीतिगत सुधारको क्षेत्रमा सक्रिय युवा व्यक्तित्व निशन महर्जन युवा तथा खेलकुद मन्त्रालयको सचिवालय प्रमुखमा नियुक्त भएका छन्। उनको नियुक्तिलाई मन्त्रालयमा सुधार, दक्षता र नयाँ सोचको प्रवेशका रूपमा हेरिएको छ।
सार्वजनिक नीति व्यवस्थापन तथा भ्रष्टाचार निवारण विषयमा स्नातकोत्तर अध्ययनरत महर्जन सूचना प्रविधिमा पनि दक्ष मानिन्छन्। Bachelor in Computer Applications (BCA) अध्ययन गरेका उनले डिजिटल प्रणाली, डाटा व्यवस्थापन र प्रविधिमैत्री सेवा विस्तारमा विशेष रुचि राख्दै आएका छन्।
नयाँ जिम्मेवारी सम्हाल्दै उनले खेलकुद क्षेत्रमा देखिएका अनियमितता, पारदर्शिताको अभाव र राजनीतिक हस्तक्षेप अन्त्य गर्न दृढता व्यक्त गरेका छन्। उनका अनुसार योग्य खेलाडी अवसरबाट वञ्चित हुनु, स्रोत–साधनको दुरुपयोग हुनु र नीतिगत कमजोरी कायम रहनु वर्तमानका मुख्य चुनौती हुन्।
निशन महर्जन ले आफ्नो कार्यकालमा डिजिटल प्रणालीमार्फत पारदर्शिता बढाउने, युवामुखी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा सरकारी संयन्त्रमा उत्तरदायित्वको संस्कृति विकास गर्ने लक्ष्य अघि सारेका छन्।
उनले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउँदै इमानदारी र समर्पणका साथ काम गर्ने प्रतिबद्धता जनाउँदै यो जिम्मेवारीलाई राष्ट्रसेवाको महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन्।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया