काठमाडौं।  चौधरी ग्रुपका अध्यक्ष तथा उद्योगपति विनोद चौधरीविरुद्ध भ्रामक सूचना फैलाएको आरोपमा ‘मिडिया डबली’ नामक फेसबुक पेजका सञ्चालकमाथि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान सुरु गरेको छ ।

उक्त पेजले चैत्र २४ गते “विनोद चौधरीलाई पक्राउ पुर्जी जारी” भएको दाबी गर्दै सामाजिक सञ्जालमा भ्रामक पोस्ट गरेको थियो।

advertisement

चौधरीको प्रतिष्ठामाथि आँच पुर्‍याउने उक्त पोस्टविरुद्ध चैत्र २५ गते साइबर ब्युरोमा उजुरी दर्ता गरिएको थियो।

उजुरीपछि साइबर ब्युरोले पेजका सञ्चालकलाई सोधपुछका लागि बोलाएको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

साइबर ब्युरोले बोलाएपछि ‘मिडिया डबली’ले चौधरीविरुद्ध गरिएको उक्त भ्रामक पोस्ट हटाएको छ।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com