काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनमा निर्णायक मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कसलाई समर्थन गर्ने भन्ने विषयमा अझै अन्तिम निर्णय गरेको छैन। संसद् सचिवालयले उपसभामुखको निर्वाचन भोलि (शुक्रबार) दिउँसो ४ बजेका लागि तय गरिसकेको छ।

निर्वाचनका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। यसैबीच विभिन्न दलहरू आन्तरिक छलफलमा व्यस्त रहेका छन्। रास्वपाभित्र पनि समर्थनको विषयमा शीर्ष तहमा निरन्तर परामर्श भइरहेको भए पनि निष्कर्ष निस्किन बाँकी रहेको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिएका छन्।

advertisement

उनका अनुसार, ‘उपसभामुखमा कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल जारी छ। संसदीय दलको बैठकले अन्तिम निर्णय गर्नेछ, हालसम्म कुनै निष्कर्षमा पुगेका छैनौँ।’

यसअघि रास्वपाबाट उपसभापति डोलप्रसाद अर्याल निर्विरोध चयन भइसकेका छन्।

स्रोतका अनुसार रास्वपाले नयाँ शक्ति मानिने श्रम संस्कृति पार्टी वा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मध्ये कुनै एकलाई समर्थन गर्ने सम्भावनाबारे छलफल गरिरहेको छ। संविधान संशोधन, शक्ति सन्तुलन लगायतका पक्षलाई ध्यानमा राख्दै निर्णय प्रक्रिया अगाडि बढाइएकाले तत्कालै निष्कर्ष सार्वजनिक गर्ने अवस्था नरहेको बताइएको छ।

उता उपसभामुख पदमा दाबी प्रस्तुत गरेको नेपाल कम्युनिस्ट पार्टीले पनि आन्तरिक संयन्त्रमार्फत निर्णय लिने तयारी गरेको छ। पार्टीका नेता रामकुमार भट्टराईका अनुसार, ‘हालसम्म उम्मेदवारको विषयमा अन्तिम टुङ्गो लागेको छैन, कार्य संयोजन समिति बैठकले नै निर्णय गर्नेछ।’

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com