काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी २५ बर्षिया सांसद रुवि कुमारी ठाकुर (धनुषा) लाई समर्थन गर्ने निर्णय गरेको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले बिहीबार जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीका सांसद माननीय रुवि कुमारी ठाकुर (धनुषा) लाई रहने निर्णय भएको छ । यसको समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरी रहनुहुनेछ । धन्यवाद !”
यो निर्णयसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदका लागि रुवि कुमारी ठाकुरको उम्मेदवारीलाई औपचारिक समर्थन गरेको हो । रुवि कुमारी ठाकुर धनुषा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।
रास्वपाले उपसभामुख पदमा समर्थन गर्ने सांसदको रूपमा आफ्ना सांसद अशोक कुमार चौधरीलाई तोकेको छ ।
यो निर्णयपछि अब प्रतिनिधिसभाको उपसभामुख निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । उपसभामुख पद लामो समयदेखि रिक्त छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको यो निर्णयले सत्तारूढ तथा विपक्षी दलहरूबीचको राजनीतिक गठबन्धन र समीकरणमा नयाँ तरंग ल्याउने देखिएको छ ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया