काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मार्फत सुन तस्करी गरिएको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ।

अख्तियारका कर्मचारीहरू मुद्दाको फाइलसहित विशेष अदालत पुगेका छन् र हाल मुद्दासम्बन्धी विवरण रुजु गर्ने कार्य भइरहेको अदालत स्रोतले जनाएको छ।

advertisement

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका महराको भेपमार्फत हुने सुन तस्करीमा संलग्न चिनियाँ नागरिकहरूसँगको सम्बन्ध र आर्थिक कारोबार खुल्दै गएपछि अख्तियारले मुद्दा दायर गर्ने निर्णय गरेको हो।

२०७९ सालमा चिनियाँ गिरोहले भेपको आवरणमा सुन नेपाल भित्र्याउने प्रयास गर्दा भन्सारले बरामद गरेको घटनाको अनुसन्धान गर्दै जाँदा महरा, उनका छोरा राहुल लगायतको संलग्नता देखिएको थियो।

यद्यपि, अख्तियारले मुद्दामा लगाइने आरोप, बिगो तथा अन्य विवरण भने अझै सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com