काठमाडौं। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाका नवनियुक्त सभामुख डोलप्रसाद अर्याल लाई बधाई दिएका छन् ।
बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यालय पुगेर राष्ट्रियसभा अध्यक्ष दाहालले अर्याललाई भेट गरी बधाई ज्ञापन गरेका हुन् ।
रास्वपाका सांसद डोलप्रसाद अर्याल फागुन २१ गतेको निर्वाचनपछि चैत २२ गते निर्विरोध सभामुख निर्वाचित भएका थिए ।
यो भेटमा दुवै नेताहरूबीच संसद्को प्रभावकारी सञ्चालन र समन्वयका विषयमा कुराकानी भएको बताइएको छ ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया