काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराएको छ।
पार्टीका अनुसार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले आफ्नी पत्नीलाई स्वास्थ्य बीमा बोर्डमा सदस्य बनाउँदा विभागीय मन्त्रीले समयमै ध्यान नदिएको विषयमा सभापति रवि लामिछानेले मन्त्री मेहतालाई सचेत गराउन सिफारिस गरेका हुन्। पत्रमा उल्लेख छ, ‘यस्तो गम्भीर मामिलामा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएको हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु।’
यसअघि बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री साहलाई पदमुक्त गरेका छन्।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया