काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रिक्त रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी हालका लागि आफैं सम्हाल्ने भएका छन्।
मन्त्री दीपककुमार साहलाई पदबाट हटाएपछि मन्त्रिपरिषद्को कार्यविभाजनमा परिवर्तन गरिएको हो। सोसम्बन्धी निर्णयको जानकारी राष्ट्रपति कार्यालयमा पठाइएको छ र त्यसकै आधारमा नयाँ कार्यविभाजन लागू गरिएको बताइएको छ।
प्रधानमन्त्री शाहले बिहीबार नै साहलाई पदमुक्त गरेका थिए। पदीय मर्यादा विपरीत कार्य गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार











प्रतिक्रिया