काठमाडौं। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिका–इरानबीच युद्धविराम सम्झौता भए पनि हिजबुल्लाहमाथि आक्रमण जारी राख्ने स्पष्ट चेतावनी दिएका छन् ।

उनले युद्धविराम सम्झौतामा लेबनान समावेश नभएको भन्दै इजरायलले हिजबुल्लाहविरुद्धको कारबाही नरोक्ने बताएका हुन् ।

advertisement

नेतन्याहुले भने, “हाम्रो सन्देश स्पष्ट छ — इजरायली नागरिकविरुद्ध जो कोहीले कार्य गर्छ, ऊ निशानामा पर्नेछ । जबसम्म उत्तरका इजरायली बासिन्दाहरूलाई पूर्ण सुरक्षा प्रदान हुँदैन, तबसम्म हामी हिजबुल्लाहमाथि जहाँ आवश्यक पर्छ, त्यहाँ आक्रमण जारी राख्नेछौं ।”

उनको यो अभिव्यक्ति इजरायली रक्षा बल (आईडीएफ) ले हिजबुल्लाहका सचिव नइम कासिमका भतिजा र निजी सचिव अलि युसुफ हर्षीलाई मारिएको घोषणा गरेपछि आएको हो ।

यता इरानले भने लेबनानमा इजरायलले गरिरहेको लगातार आक्रमणलाई युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन भएको बताएको छ ।

यो घटनाक्रमले मध्यपूर्वमा युद्धविरामको प्रयासलाई थप जटिल बनाएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com