काठमाडौं । काठमाडौंको नागढुङ्गामा गरिएको जाँचका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने ६ जना चालक पक्राउ परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार गरेको चेकिङमा सार्वजनिक यातायात र मालवाहक ट्रकका चालकहरू ‘लापसे’ को अवस्थामा फेला परेका हुन्।

advertisement

पक्राउ पर्नेहरूमा चार जना ट्रक चालक, एक जना सार्वजनिक बसका चालक र एक जना माइक्रोबसका चालक रहेका छन्।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली, लागुऔषध नियन्त्रण ब्युरो र ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले नागढुङ्गा चेकपोस्टमा उनीहरूको स्वास्थ्य परीक्षण गरेको थियो।

नियन्त्रणमा लिइएका सबै चालकहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी प्रभाग नागढुङ्गा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सवारी चलाउँदा चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा तत्काल प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक कन्ट्रोल रुमको १०३ मा खबर गर्न यात्रुहरूलाई आग्रह गरेको छ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com