काठमाडौं । नेपालले यूएईसँग दुई खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र यूएईबीच २० अप्रिल (वैशाख ७) र २१ अप्रिल (वैशाख ८) मा दुई टी–२० खेल हुनेछ। दुवै खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आयोजना गरिनेछ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजअघि नेपालले यूएईसँग यी अभ्यास खेल खेल्न लागेको हो।
नेपाल, यूएई र ओमान सहभागी रहने उक्त त्रिकोणात्मक सिरिज अप्रिल २५ देखि सुरु हुनेछ।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया